National life

गाई-गोरु र गोवर्धन पूजा आज एकै दिन: यस्तो छ धार्मिक महत्त्व

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ कात्तिक २०८१, शनिबार
576Shares
गाई-गोरु र गोवर्धन पूजा आज एकै दिन: यस्तो छ धार्मिक महत्त्व
ncell

काठमाडौँ । कार्तिक शुक्ल प्रतिपदा शनिवारका दिन गाई गोरु र गोवर्धन पूजा गरिँदै छ। शनिवार३१ ५३ घडीपला अर्थात् साँझ ७ बजेर १ मिनेटसम्म प्रतिपदा तिथि छ।

कार्तिक कृष्ण औँसीका दिन गाईको र शुक्ल प्रतिपदाका दिन गोरुको पूजा गर्नुपर्ने मान्यता रहेको पञ्चाङ्ग निर्णायक विकास समितिले शनिवार एकै दिन गाई गोरुको पूजा गर्न आग्रह गरेको छ ।

लक्ष्मीको प्रतीकको रूपमा मानिने गाईको पूजा गरिन्छ। गाईको पूजा गरेर खानेकुरा खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ। गोवर्धन पर्वतको प्रतिमा बनाएर पूजा गर्ने परम्परा छ। द्वापर युगमा भगवान् कृष्णले गोवर्धन पर्वत उठाएर गोकुलवासीको संरक्षण गरेको सम्झना स्वरूप यो पर्व मनाइन्छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

भगवान् कृष्णले कृषि जनजीवनका लागि गोवर्धन पर्वतको ठुलो महत्त्व रहेको बताएपछि यसको पूजा गर्ने परम्परा बसेको पुराणमा उल्लेख छ। गोवर्धन पर्वतको पूजाबाट प्रकृतिको संरक्षण गर्नुपर्ने र यसलाई विकृत हुन दिन नहुने सन्देश पाइन्छ।

गोवर्धन पूजाका अवसरमा देवालय तथा बाटोमा तोरण टाँग्ने र रात्रिमा पनि नाचगान गरेर, पासा आदि खेलेर रमाइलो गर्ने चलन छ। यस अवसरमा रमाइलो गरेर बिताउनेको वर्ष रमाइलो हुने उल्लेख छ।

उत्सव मनाउने, नाचगान गर्ने जस्ता पुराणका निर्देशअनुसार नेपाली समाजमा देउसी ९द्यौसी० खेल्ने परम्परा छ। देउसीसँगै स्थान विशेषअनुसार बालन, खैँजडी भजन गाउने चलन पनि छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
576SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?