National life

भाइटिकाको उत्तम साइत ११:३७ बजे, भाइटिका लाउँदा कुन रङ्गको प्रयोग कहाँ गर्ने ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ कात्तिक २०८१, आइतबार
589Shares
भाइटिकाको उत्तम साइत ११:३७ बजे, भाइटिका लाउँदा कुन रङ्गको प्रयोग कहाँ गर्ने ?
ncell

काठमाडौँ । हिन्दु धर्मावलम्बीहरूको दशैं पछिको ठुलो सांस्कृतिक पर्व हो तिहार । कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारबाट सुरु भई कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटिकासम्म पाँच दिनसम्म मनाइने तिहारको विशेष महत्त्व रहेको ।

यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी उनका घरमा पाँच दिन सम्म बसेका हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको भन्ने पौराणिक मान्यता चली आएको छ। तिहार भनेको प्रकृति पूजक पर्व पनि हो । वर्षभरि काममा लगाइने जीवजन्तु: सन्देश बाहक पन्छी काग, घरको रक्षक कुकुर, गाई, गोरु र गोवर्धन पर्वतको पूजा गर्ने गरिन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै वर्षौं देखि छुटेर आआफ्ना घर गरी बसेका चेली माइती बीचमा एक सुमधुर निरन्तर सम्बन्ध निर्वाहका निमित्त प्रकृति स्वरुपा दिदीले पुरुष स्वरूप भाइको पूजा गरी आयु आरोग्यदीर्घायूको कामना गरी, टीका माला लगाई, मीठा खानाका परिकार तथा उपहार साटासाट गरी, मानव सभ्यतामै प्रेम, सद्भाव र मैत्रीको प्रतीकको रूपमा उभ्याइएको छ तिहार पर्व ।

तिहार रंग, फूलमाला, उज्यालो र विभिन्न पूजाआजाको पर्वमा हो जसमा पिङ खेल्ने, दीपावली गर्ने र देउसी भैलो खेल्दै सेल रोटी आदि मिष्टान्न खाई भव्य रूपमा हर्षोल्लासका साथ रमाइलो गरी मनाइने हुँदा तिहारलाई पर्व एक तर महत्त्व अनेक तथा खुसिनै खुसिको चाड मानिन्छ ।

भाइ पूजा गर्ने विधि सबैभन्दा पहिले दियो बालेर कलश तथा गणेशको पूजा गरिन्छ । त्यसपछि दाजु–भाइको हातबाट ओखर र सिलाको पूजा गर्न लगाएर हत्त पत्त फेरि देख्न नपाउँदै ढोकामा लागेर त्यस ओखरलाई सत्रु नास भएको कामना गर्दै त्यसै सिलाले फुटाएर दाजुभाइले नदेख्ने ठाउँमा बाहिर फ्याली कालको बाटो छेकेको मानिन्छ।

यसपछि यमराज तथा यमुनाको प्रार्थना गरी पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई मात्र राखी छेक्नु पर्छ। यदि भाउजू वा भदा  छन्  भने उनीहरुलाई छुट्टा छुट्टै छेक्नु पर्छ।  दाजुभाइको शिरमा तेल लगाइदिनुपर्छ । कैयोले कपाल कोरिदिनु पर्छ र फूल, अक्षता, चन्दनले दुवै घुँडा, कम्मर, कुम र शिरमा पूजा गरी कहिल्यै नओइलाउँने मखमली माला , स्थिरताको प्रतीक सयपत्री जसको रङ्ग कहिल्यै उडेर जाँदैन अथवा दूबो सधै हरियै रहन्छ यी मध्ये कुनै एकको माला लगाई दिनु पर्छ।

त्यसपछि शरीरमा भएका सात चक्रलाई जागृत गर्ने र भाईलाई ज्योति स्वरूपमा माथि उठाउने हिसाबले निधारमा सप्तरङ्गी प्रकृतिको प्रतीक इन्द्रेणीको कलरमा टीका लगाई दिनु पर्छ।  टीकामा कहाँ कुन रङ्ग लगाउने  पहिला निधारमा सेतो पिठोको लामो ठाडो धर्सो बनाउने  त्यसका माथि क्रमशः आज्ञा चक्रबाट सुरु गरी बैजनी  निलो हरियो पहिलो सुन्तला रातो रङ्गलाई तल माथि नबनाई भाइको शिरमा देब्रे हात राखी दाहिने हातले तालबाट क्रमशः माथि तिर टीका लगाई दिनु पर्छ र सगुनको रूपमा दही खान दिएर अन्त्यमा आफूले ल्याएका सम्पूर्ण खानाका परिकार तथा उपहार दिएर दीर्घ जीवनको कामना गर्नु पर्छ।  दाजु भाइले पनि दिदी बहिनीको पूजा गरी टीका लगाइदिने र सुख सम्पन्नता तथा आयु आरोग्ययताको काना गरी ढोगेर दक्षिणा तथा वस्त्र उपहार गरी सँगै बसेर मिष्टान्न सेल रोटी खाई तिहार पर्वलाई बिदा गर्ने चलन छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
589SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?