काठमाडौँ । साताको चौथो कारोबारका दिन शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.७३ अकंले घटेर २६१०.२१ बिन्दुमा कायम भएको छ । हिजो मंगलवार नेप्से १३.०९ अकंले घटेर २६३२.९४ बिन्दुमा कायम भएको थियो।
आज ३१७ कम्पनीको १ करोड ५४ लाख २८ हजार ७२४ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ८५ करोड ११ लाख ७९ हजार रुपैयाँको कारोबार भएको हो । आज नेप्सेको कारोवार रकममा पनि गिरावट आएको छ। हिजो ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार रुपैयाँ शेयर कारोवार भएको थियो।
आज बुधबार १० उपसूचक राताम्य भएका छन् । आज निर्जीवन बीमा समूहको ०।०२ प्रतिशत, फाइनान्स समूहको ०.४३ प्रतिशत र व्यापार समूहको ०.१६ प्रतिशतले शेयर मूल्य बढेको हो ।
आज १७४ कम्पनीको शेयर मूल्य घट्दा ६६ कम्पनीको मूल्य बढेको छ ।


































