National life

चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० मंसिर २०८१, सोमबार
448Shares
चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री
ncell

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्सिर १७ गतेदेखि हुने आफ्नो औपचारिक चीन भ्रमणमा क्रममा कुनै ऋणसम्बन्धी सम्झौता नगर्न स्पष्ट पारेका छन् । आसन्न चीन भ्रमणका सम्बन्धमा सोमबार पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले बीआरआइ ऋण परियोजना कार्यान्वयनमा हस्ताक्षर गर्ने तयारी नभएको उल्लेख गर्दै चीनसँग ऋण लिने र नलिने भन्ने अहिले विवादको विषय नभएको स्पष्ट प्रस्ट पारे ।

‘हामीलाई आवश्यक भएमा जुनसुकै मुलुक र निकायबाट राष्ट्रिय स्वार्थका आधारमा ऋण वा अनुदान लिन सक्छौँ । ऋणको पासोमा पार्न ऋण लिइँदैछ भनेर गरिने अनावश्यक हल्लामा हामी लाग्नु हुँदैन’, प्रधानमन्त्रीले सरोकारवालाहरुसँको छलफलमा भने, ‘चीनसँग हाम्रो लामो र मित्रवत् सम्बन्ध छ । दुई देशको मित्रतालाई थप बहुआयामिक बनाउन यो भ्रमण गर्न लागिएको हो ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रधानमन्त्री ओलीले यही मंसिर १७ गतेदेखि चीनको औपचारिक भ्रमण गर्दै छन् । चीन भ्रमणका एजेण्डाबारे उनले पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र मन्त्रीहरुसँग सिंहदरबारमा संयुक्त छलफल गरेका थिए ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
448SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?