National life

चुनाव प्रचारमा मापदण्ड मिचेर सवारीसाधन प्रयोग भएकोमा आयोगको ध्यानाकर्षण

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० मंसिर २०८१, सोमबार
556Shares
चुनाव प्रचारमा मापदण्ड मिचेर सवारीसाधन प्रयोग भएकोमा आयोगको ध्यानाकर्षण
ncell

काठमाडौँ। मंसीर १६ गते हुन लागेको उपनिर्वाचनमा उपनिर्वाचनको प्रचारका क्रममा तोकिएको भन्दा बढी सवारीसाधन र ‘लाउड स्पीकर’ को प्रयोग भएको भन्दै त्यसलाई नियन्त्रण गर्न निर्वाचन आयोगले स्थानीय प्रशासनलाई निर्देशन दिएको छ।

आइतबार बससेको आयोगको बैठकले निर्वाचन कानुन तथा आचारसंहिता विपरीतका कार्य नगर्न तथा नगराउन पुनः सचेत गराउँदै स्थानीय प्रशासनलाई सजग हुन आग्रह गरेको छ । स्थानीय तहको उपनिर्वाचनका लागि निर्वाचन प्रचारप्रसारको अवधि सुरु भई राजनीतिक दल तथा उम्मेदवारबाट निर्वाचन प्रचारप्रसार भइरहेको उल्लेख गर्दै आचारसंहिता पालना गर्न-गराउन राजनीतिक दल, उम्मेदवार र सम्बन्धित निकायलाई निर्देशन दिइएको स्मरण गराएको छ।

निर्वाचन प्रचारप्रसारको सिलसिलामा राजनीतिक दल वा उम्मेदवार, निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले आयोगले तोकेको सङ्ख्याभन्दा बढी र आयोग वा निर्वाचन अधिकृतले अनुमति दिएको बाहेक अन्य सवारीसाधन प्रयोग गर्न वा गराउनु हुँदैन भन्ने प्रावधान रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त प्रावधान विपरीत कार्य गर्नेलाई आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले २५ हजारसम्म जरिवाना गर्न सक्ने आयोगका प्रवक्ता नीता पोखरेलको भनाई छ ।  साथै, त्यसरी प्रयोग भएको सवारीसाधन निर्वाचन अवधिभरका लागि कब्जामा लिन सक्ने कानुनी व्यवस्था रहेको सवारी धनी, चालक तथा सरोकारवाला सबैमा आयोगले जानकारी गराएको छ।

“सवारी साधनमा लाउड स्पिकरको प्रयोग गरी निर्वाचन प्रचारप्रसार भइरहेको भन्ने सूचना प्राप्त भएको हुँदा यस्ता सवारीसाधन कब्जामा लिई आवश्यक कानुनी कारबाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिई सकिएकोले आचारसंहिता विपरीत हुने यस प्रकारको कार्य नगर्नु हुन सम्बन्धित सबैमा पुनः स्मरण गराइन्छ”, आयोगको निर्णयमा उल्लेख गरेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
556SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?