काठमाडौँ। सातको पहिलो कारोबारका दिन आइतबार सुधार देखिएको शेयर बजारमा सोमबार पुनः गिरावट आएको छ।
लगानीकर्ताको मनोबल कमजोर देखिँदै जाँदा बजारमा निरन्तरको गिरावट आएको हो । साथै, केही लगानीकर्ताहरूले बजारको वर्तमान अवस्थालाई आफ्नो रणनीतिक लाभको लागि प्रयोग गरिरहेका कारणपनी बजारमा गिरावट आएको जानकारहरूको धारणा छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५९.०२ अकंले घटेर २५२९.३३ बिन्दुमा कायम भएको छ। आज ३२९ कम्पनीको १ करोड ३५ लाख ३५ हजार ९०३ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६६ करोड ३ लाख २ हजार रुपैयाँको शेयर कारोबार भएको छ।
सोमबार १३ वटै उपसूचक राताम्य भएका छन् । यसदिन बैंकिङ समूहको १.२७ प्रतिशत, विकास बैंक समूहको २.४६ प्रतिशत, फाइनान्स समूहको ५.५६ प्रतिशत, होटल तथा पर्यटन समूहको ३.३४ प्रतिशतले शेयर मूल्य घटेको छ । उक्त दिन बजारमा गिरावट आउँदा गुडविल फाइनान्स, सम्वृद्धि फाइनान्स, एनआएसी एशिया फ्लेक्सी क्याप र इष्टर्न हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट लाएको छ ।



































