National life

नेप्से ४३.२२अंकले बढ्यो ,सबै उपसूचकहरुमा छायो हरियाली

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० असोज २०८१, बुधबार
547Shares
नेप्से ४३.२२अंकले बढ्यो ,सबै उपसूचकहरुमा छायो हरियाली
ncell

काठमाडौँ । दसैं बिदा पछिको दोस्रो कारोवार दिन बुधवार सेयर बजारमा आज पनि हरियाली देखिएको छ। आज नेप्से परिसूचक ४३ दशमलव २२ अंकले बढेर २७४२.८८ को बिन्दुमा कायम भएको छ ।

आज ३२० कम्पनीहरुको एक लाख ३२ हजार कित्ता शेयर खरिद–बिक्री हुदाँ पाँच अर्ब ६६ करोड रुपैयाँको कारोबार भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बुधबार सबै उपसूचकहरुमा हरियाली छाएको छ । आज २०६ वटा कम्पनीहरुको शेयरमूल्य बृद्धि भएको छ भने ३५ कम्पनीको मुल्य घटेको छ।

आज नेपाल फाइनान्स र हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ भने विजय लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

आज नेपाल फाइनान्सको १५ करोड नौ लाख रुपैयाँ र हिमालयन रि इन्स्योरेन्सको १५ करोड चार लाख रुपैयाँ कारोवार भएको छ ।

त्यस्तै, एनआइसी एशिया बैंकको १४ करोड रुपैयाँ, गूडविल फाइनान्सको १३ करोड रुपैयाँ र एचआईडीसी कम्पनीको १३ करोड रुपैयाँले सबैभन्दा बढी कारोबार भएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
547SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?