National life

नेवानिले फूलपातीका दिन काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ असोज २०८१, सोमबार
552Shares
नेवानिले फूलपातीका दिन काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने
ncell

काठमाडौँ । नेपाल वायुसेवा निगमले असोज २४ काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने भएको छ । असोज ११ र १२ गतेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाबाट बाहिर जाने र आउने राजमार्गहरू क्षतिग्रस्त भएपछि यात्रुलाई सहज होस् भन्ने उद्देश्यले उद्धार उडान गर्न लागिएको निगम जनाएको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै निगमले नेपालीहरूको महान् पर्व बडादसैँमा आ–आफ्नो जिल्लास्थित घर आउन र जान यात्रुहरूलाई सहज होस् भनी ब्घद्दण् जहाजबाट उद्धार उडान गर्न लागिएको जानकारी दिएको छ ।

निगमले सो दिनको उडान तालिका समेत सार्वजनिक गरेको छ । काठमाडौँबाट भैरहवा बिहान ११ बजे र भैरहवाबाट काठमाडौँ १२ः ३० मा उडान हुने समेत विज्ञप्तिमा जनाइएको छ । काठमाडौँबाट भैरहवाका लागि एकतर्फी भाडा दर ७ हजार रुपैयाँ र भैरहवाबाट काठमाडौँबाट ३८९० लाग्ने समेत निगमले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
552SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?