National life

बढ्दो चापलाई व्यवस्थित गर्न घटस्थापनादेखि रात्रिकालीन हवाई उडान गराइने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ असोज २०८१, बुधबार
499Shares
बढ्दो चापलाई व्यवस्थित गर्न घटस्थापनादेखि रात्रिकालीन हवाई उडान गराइने
ncell

काठमाडौँ । गत शुक्रवार र शनिवारका दिन अविरल वर्षा सहित आएको बाढी-पहिरोका कारण देशैभरका मुख्य राजमार्गहरू प्रभावित भएसँगै सरकारले रात्रिकालीन हवाई उडानलाई खुला गर्ने भएको छ ।

घटस्थापनादेखि कोजगत पूर्णिमासम्म अर्थात् असोज १७देखि ३० गतेसम्म लागू हुने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लगायत रात्रिकालीन उडान हुने विमानस्थलहरूमा रात्रिकालीन उडान खुला गर्ने जानकारी दिएको छ ।

घटस्थापनादेखि पूर्णिमासम्म रात्रिकालीन उडानको व्यवस्था मिलाएको र हरेक दिन  बिहान ४ः३० बजेदेखि राति अपरेशन समय आवश्यकता अनुसार थप हुने गरी सञ्चालन गर्ने गरी रात्रिकालीन उडान खुला गर्ने निर्णय भएको संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले जनाएका छन् ।

यसअघि असोज १३ गते मन्त्री पाण्डेको निर्देशनमा वायुसेवा कम्पनीहरू तीन दिनका लागि मात्रै अधिकतम मूल्यमा टिकट बिक्री नगर्ने सहमत भएका थिए। तीन दिनका लागि मात्रै अधिकतम मूल्यमा टिकट बिक्री नगर्ने सहमत भएका वायुसेवा कम्पनीहरू मन्त्री पाण्डेको विशेष पहलमा सडक सञ्चालनमा नआएसम्म सरकारले तोकेको अधिकतम हवाई भाडा नलिन सहमत भएका  छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विपद्का बेला महँगोमा हवाई टिकट बिक्री गरेको भन्दै चौतर्फी आलोचना भएपछि  वायुसेवा कम्पनीहरूले तीन दिनलाई (अपर लिमिट) अधिकतम मूल्यमा टिकट बिक्री नगर्ने सहमत भएका थिए।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
499SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?