काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुर्नगठन गर्ने तयारी गरिरहेको खुलेको छ । समाचार स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाबीच मन्त्रिमण्डल पुनर्गठन गर्ने समझदारी बनेको छ ।
प्रधानमन्त्री ओली चीन भ्रमणमा निस्कनु अघि नै ओली र देउवाबीच मन्त्रिमण्डल पुनर्गठन गर्ने समझदारी बनेको समाचार स्रोतको दावी छ । सोही समझदारी अनुसार मन्त्रिपरिषद फेर्ने तयारी अघि बढेको हो । खासगरी अर्थ र गृह मन्त्रालय साटफेर गर्ने सहमति भएको स्रोतले बताएको छ ।
अर्थमन्त्रीमा काँग्रेस महामन्त्री गगन थापालाई अघि सार्न देउवा र ओली दुबै सहमत भैसकेको स्रोतहरुको दावी छ । गगन थापाले नै उप प्रधानसहित अर्थमन्त्री बनाउनुपर्ने अनुरोध गरेको बुझिएको पनि स्रोतले जनाएको छ ।
https://www.youtube.com/watch?v=fjQswxSN4Ew
अर्थमन्त्री बिष्णु पौडेलले चित्त बुझ्ने गरी काम गर्न नसकेको भन्दै उनलाई पदवाट हटाउन एमालेभित्रैबाट प्रधानमन्त्री ओलीमाथि दबाव छ ।
काँग्रेसलाई अर्थमन्त्रालय दिएपछि गृह मन्त्रालय भने एमालेले लिनेछ । प्रधानमन्त्री ओलीले आफ्ना विश्वास पात्र महासचिव शंकर पोखरेललाई गृहमन्त्रीको रुपमा अघि सार्ने देखिएको स्रोतको भनाई छ । त्यसो त पछिल्लो समय प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री बिष्णु पौडेलबीच पनि खासै राम्रो सम्बन्ध नरहेको उनीहरु निकटस्थहरु नै बताउँछन् । यी बाहेक अन्य केहि मन्त्रीहरुलाई पनि फिर्ता बोलाउने तयारी छ ।
https://aarthikvoice.com/archives/33316
पर्यटन मन्त्री बद्री पाण्डे, उद्योग मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था मन्त्री बलराम अधिकारी, वन मन्त्री ऐन बहादुर शाही, सामान्य प्रशासन मन्त्री राज कुमार गुप्ता लगायतलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने तयारी केहि समय अघि देखि नै चलिरहेको समाचार स्रोतको दाबी छ ।
https://www.youtube.com/watch?v=3Q0KCajww78&t=51s



































