National life

यात्रा गर्दा यात्रुले अनिवार्य टिकट लिनुपर्ने, यात्रुले समेत मापासे गरे कारबाही गरिने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ असोज २०८१, मङ्गलबार
556Shares
यात्रा गर्दा यात्रुले अनिवार्य टिकट लिनुपर्ने, यात्रुले समेत मापासे गरे कारबाही गरिने
ncell

काठमाडौँ । चाडबाडका अवधिमा हुने सार्वजनिक यात्रालाई व्यवस्थित र सुरक्षित गराउन सबै यात्रुले अनिवार्य टिकट लिन यातायात व्यवस्था विभागले आग्रह गरेको छ ।

आज (मंगलबार) यातायात व्यवस्था विभाग र यातायात व्यवसायी राष्ट्रिय महासंघबिच भएको छलफलमा सार्वजनिक सवारीमा यात्रा गर्दा यात्रुले अनिवार्य टिकट लिएर मात्र यात्रा गर्नुपर्ने निर्णय गरिएको छ ।

विगतका वर्षमा सिट भन्दा दोब्बरको सङ्ख्यामा यात्रु राख्ने, चिने जानेका मान्छेको भरमा टिकट बेगर नै सिट बुक गर्ने लगायतका समस्या अत्यधिक देखिएको र उक्त समस्याको कारण दुर्घटनाको सम्भावना बढेको कारण टिकट काउन्टरबाट समेत यात्रुको परिचय खुल्ने विवरण सहितको चलानी लिएर मात्र सवारी सञ्चालन गर्नुपर्ने निर्णय भएको महासंघले जनाएको छ ।

अनधिकृत काउन्टर, परिचय पत्र, पोशाक नभएका व्यक्तिबाट टिकट बिक्री गर्ने कामलाई पूर्ण निर्णय गर्ने र गराउने निर्णय समेत गरिएको छ । साथै सुरक्षालाई दृष्टिकोण गर्दै सवारी चालक, सहचालकले मात्रै नभएर गाडीमा सवार यात्रुले समेत मापासे गरेको पाइएमा कारबाही गरिने निर्णय भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
556SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?