National life

शेयर बजारमा गिरावट,म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक घट्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ असोज २०८१, मङ्गलबार
491Shares
शेयर बजारमा गिरावट,म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक घट्यो
ncell

काठमाडौँ । साताको तेस्रो कारोबारका दिन शेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ३२ दशमलव २७ अंकले घटेर २६५८ दशमलव ४४ को बिन्दुमा कायम भएको छ ।

मंगलबार ३०० कम्पनीको १ करोड ३ लाख ३० हजार ५ सय २ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५९ करोड ३७ लाख २७ हजार २४४.३४ रुपैयाँको कारोबार भएको छ । जसमा २०७ वटा कम्पनीको शेयरमूल्यमामा गिरावट आएको छ भने ३५ वटा कम्पनीको शेयरमूल्य बढेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज २७ करोड १७ लाखभन्दा बढीसहित कारोबार रकममा एनएलजी इन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल फाइनान्स र हिमालयन रिइन्सुरेन्स रहेका छन् ।

सेयर बजारमा आज म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । फन्डको सूचकमा भने कुनै पनि परिवर्तन भएको छैन ।

फेस्टिभ सिजनको कारणले नेप्से घटेको हुनसक्ने लगानीकर्ताहरुले अनुमान गरेका छन् । दसैंका कारण लगानीकर्ताको ध्यान घर जाने र बजारमा किनमेल गर्न तर्फ मोडीएकाले पनि बजार बढ्न नसकेको जानकारहरुको भनाई छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
491SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?