National life

शेयर बजारमा दोहोरो अंकको गिरावट: १३ वटै उपसूचक राताम्य, कारोबार कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ पुस २०८१, बिहिबार
527Shares
शेयर बजारमा दोहोरो अंकको गिरावट: १३ वटै उपसूचक राताम्य, कारोबार कति ?
ncell

काठमाडौँ । साताको अन्तिम कारोबारका दिन समेत शेयर बजार ओरालो लागेको छ । पछिल्लो समय निरन्तर रूपमा गिरावट आएको बजारले आज पनि निरन्तरता पाउँदा लगानीकर्तामा निराशा छाएको छ ।

बैंकहरूको ब्याज दरहरू घट्दै गए पनि त्यसको प्रभाव कर्जाको मागमा देखिएको छैन। कर्जा विस्तार नगरी बजारमा लगानीको वातावरण सुधार्न सक्दैन भन्ने धारणा कायम रहेको छ। लगानीकर्ताहरूको मनोबल कमजोर हुँदा बजारमा विश्वासको कमी बढेको।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१.४३ अकंले घटेर २५९६ बिन्दुमा आइपुगेको छ। आज ३१० कम्पनीको ९८ लाख ३२ हजार ३०८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७६करोडको शेयर कारोबार भएको छ।

यसदिन १३ वटै उपसूचक राताम्य भएका छन् । आज विकास बैंक समूहको १.२५ प्रतिशत,बैंकिङ समूहको ०.८२ प्रतिशत, फाइनान्स समूहको २.३१ प्रतिशत, इन्भेष्टमेन्ट समूहको १.९५ प्रतिशतले शेयर मूल्य घटेको हो।

बजारमा गिरावट आउँदा नारायणी डेभलपमेन्ट बैंकको सेयर सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९.२१ प्रतिशतले घटेको छ। त्यसैगरी, मायाखोला हाइड्रोपावरको ६.६३ प्रतिशत घटेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
527SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?