National life

शेयर बजारमा दोहोरो अंकको करेक्सन: ८ अर्ब बराबरको कारोबार, ४ उपसूचक हरियाली

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ कात्तिक २०८१, बुधबार
667Shares
शेयर बजारमा दोहोरो अंकको करेक्सन: ८ अर्ब बराबरको कारोबार, ४ उपसूचक हरियाली
ncell

काठमाडौँ । शेयर बजारमा ओरालो यात्राले निरन्तरता दिएको छ । साताको चौथो कारोबारका दिन शेयर बजारमा दोहोरो अकंको गिरावट आएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.१२ अकंले घटेर २७३४.८३ बिन्दुमा कायम भएको छ। आज ३०८ कम्पनीको १ करोड ५३ लाख ६२ हजार २०६ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ९१ करोड १९ लाख ७६ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज ९ वटा उपसूचक ओरालो लाग्न पुगेको छ । बुधवार विकास बैंक समूहको १.४७ प्रतिशत, फाइनान्स समूहको ४.२० प्रतिशत, हाइड्रोपावर समूहको ०.८१ प्रतिशत र म्युचुअल फण्ड समूहको ०.४८ प्रतिशतले शेयर मूल्य बढेको हो ।

पछिल्ला दिनहरुमा केही करेक्सनका बाबजुद पनि नेप्सेले क्रमशः माथतिरकै रेखाहरू कोर्दै गएको देखिन्छ । ३ हजार पुगेपछि २४ सयको लेबलसम्म झरेको नेप्से फेरि सुस्त सुस्त ढङ्गले माथितिर लागिरहेको छ । अहिले नेप्से २७ सयको लेबलमा आएको छ । यो लेबलमा आएपछि सामान्य करेक्सन भइरहेको देखिन्छ।

यसअघि आइतबार र सोमबार २ दिनमै नेप्से ८४ अंकभन्दा बढीले बढेको थियो । यसरी बढेको बजारबाट अल्पकालीन कारोबारी नाफा बुक गर्दा अहिले नेप्से सामान्य दबाबमा परेको अनुमान गरिएको छ । छोटो समयमै आकर्षक बढोत्तरी हुँदा ट्रेडरहरु बिक्रीका लागि उत्साहित हुन्छन् । यसले गर्दा सूचकमा सामान्य दबाब पर्न जान्छ ।

nic asia capital

त्यसो त बजार एकोहोरो ढङ्गले बढ्ने वा घट्ने मात्र गर्दैन । बढ्दो प्रवृत्तिको बजारमा पनि पटक पटक करेक्सन आउने गर्छ । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता र सस्तो ब्याजदरले सेयर बजारमा सपोर्ट गरिहरेको देखिन्छ । आगामी केही दिनभित्रै आउन लागेको मौद्रिक नीतिप्रति शेयर बजारको समस्या निराकरण गर्नेमा लगानीकर्ताको विश्वास रहेको छ ।

आज बजारमा गिरावट आउँदा पनि सप्तकोशी डेभलपमेन्ट बैंक, श्रीजनशील लघुवित्त, पोखरा फाइनान्स, मकर जितुमाया सुरी हाइड्रोपावर सम्वृद्धि फाइनान्सको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
667SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?