National life

शेयर बजारमा दोहोरो अंकको गिरावट: १३ वटै उपसुचक राताम्य, कारोबार कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ मंसिर २०८१, मङ्गलबार
508Shares
शेयर बजारमा दोहोरो अंकको गिरावट: १३ वटै उपसुचक राताम्य, कारोबार कति ?
ncell

काठमाडौं । साताको तेस्रो कारोबार दिन आज शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज ५१.११ अंकले घटेर २७०२.६५ को बिन्दुमा कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज ३१० कम्पनीको २ करोड २५ लाख ८८ हजार २४७ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ४६ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ। आज १३ वटै उपसूचक राताम्य भएका छन् । जसमध्ये बैंकिङ समूहको १.११ प्रतिशत, विकास बैंक समूहको २.२९ प्रतिशत, फाइनान्स समूहको २.३१ प्रतिशत, होटल तथा पर्यटन समूहको ३.१७ प्रतिशतले शेयर मूल्य घटेको छ ।

मङ्गलवार फराकिलो अंकको गिरावट आउँदा पुनः सूचक २७ सयकै नजिक झरेको छ। अल्पकालीन कारोबारीमा नाफा बुक गर्ने प्रवृत्ति देखिंदा पनि सूचक बढी प्रभावित भएको जानकारहरूको भनाई छ । पछिल्ला दिनहरूमा कारोबार रकम भने बढोत्तरी आउदै गइरहेको छ । कारोबार रकम औसतमा १० अर्बको हाराहारीमा हुँदा पनि सूचकले भने २७ सयको मनोवैज्ञानिक विन्दुलाई क्रस गर्न सकेको छैन । यसलाई क्रस गर्न नसकेपछि पुनः करेक्सन भइरहेको देखिन्छ ।

यसअघि २६ सयको तहमा पनि नेप्से पटक पटक करेक्सन भएको थियो । बारम्बारको करेक्सनपछि अन्ततः सूचक २७ सयको तहमा उक्लिन सफल भएको थियो । सेयर बजारका लागि तुलनात्मक रुपमा राम्रो वातावरण बन्दै गएको छ । बैंकहरुले ब्याजदर पुनः घटाएका छन् । निक्षेपको ब्याज निकै न्यून विन्दुमा झरेको छ । सेयर कर्जाको ब्याजदर पनि एकल अंकमा आएको छ । यसकारण लगानीकर्ता सेयर बजारतिर आकर्षित हुँदै जाने वातावरण बनेको छ ।

nic asia capital

यो समाचार शेयर गर्नुहोस्
508SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?