National life

ओखर खानुका यति धेरै फाइदा, क्यान्सर देखी मुटुसम्बन्धी रोगबाट बचाउँछ 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ कात्तिक २०८१, आइतबार
537Shares
ओखर खानुका यति धेरै फाइदा, क्यान्सर देखी मुटुसम्बन्धी रोगबाट बचाउँछ 
ncell

काठमाडौं । ड्राई फ्रुट्स भनेपछी अधिकांशलाई मन पर्छ। जसमध्ये ओखर पनि एक हो। विभिन्न मफिन, ब्राउनिज, कुकिज आदिमा ओखर राखेर बनाइएको हुन्छ। स्वादमा मात्र होइन, ओखर एक पौष्टिक तत्वले भरिपूर्ण ड्राइ फ्रुट्स पनि हो। शरीरलाई स्वस्थ राख्न ओखरको निकै महत्वपूर्ण भूमिका हुन्छ। ओखरको सेवनबाट धेरै किसिमका फाइदाहरु हुन्छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

–  पेट र मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ ओखरको नियमित सेवनले पेट र मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ। ओखरले रक्तचाप घटाउनुका साथै कोलेस्ट्रोललाई पनि नियन्त्रित राख्ने पाइएको छ।

–  पौष्टिक तत्वले भरिपूर्ण एक आधा कप वा १४ वटा आधा ओखरको सेवनबाट १८ ग्राम बोसो, ४ ग्राम प्रोटिन, २ ग्राम फाइबर प्राप्त गर्न सकिन्छ। शरीरलाई दैनिक आवश्यक पर्ने करिब ५० प्रतिशत म्याग्नेसियम, आइरन, क्याल्सियम र भिटामिन बी हुने गर्छ। ओखरको सेवनले हड्डीलाई स्वस्थ्य बनाउनुका साथै क्यान्सर, मुटुसम्बन्धी रोगबाट बच्न मद्दत पु¥याउँछ। चोटपटकलाई छिटो निको बनाउन पनि यसको भूमिका निकै महत्वपूर्ण मानिन्छ।

–  स्वस्थ बोसो प्राप्त गर्न सकिने ओखरको सेवन गर्दा शरीरलाई आवश्यक पर्ने स्वस्थ बोसो प्राप्त गर्न सकिन्छ। अल्फा लिनोलेनिक एसिड र एएलए ओमगा थ्री फ्याट्टी एसिडको एक प्रकार हो, जसले एक प्रकारको सुजनलाई कम गर्न मद्दत गर्दछ।

–   मस्तिष्कलाई फाइदा ओखरको नियमित सेवनले मस्तिष्कलाई स्वस्थ राख्न मद्दत गर्दछ। द अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रिशनमा प्रकाशित एक अध्ययनले ओखरको सेवनले मस्तिष्कलाई फाइदा पुग्ने गरेको पाइएको थियो।

–   रक्तचापलाई कम गराउँछ सन् २०१९ मा प्रकाशित अमेरिकन हार्ट एशोसिएसनको अध्ययन अनुसार ओखर खाने व्यक्तिमा रक्तचाप र कोलेस्ट्रोलमा सकारात्मक परिवर्तन आएको पाइएको थियो। ओखरको नियमित सेवनले मुटुलाई पनि फाइदा गरेको अध्ययनमा पाइएको थियो।

–  पुरुषको प्रजनन क्षमतालाई सुधार गर्छ सन् २०१९ मा प्रकाशित जर्नल न्यूटिएन्ट्समा ओखरको नियमित सेवनले पुरुषको प्रजनन क्षमतामा सुधार गर्ने गरेको उल्लेख छ। शोधकर्ताका अनुसार १४ साताभन्दा बढी समयसम्म दुई वटा ओखर खाने पुरुषमा कामोत्तेजक र यौन इच्छामा उल्लेखनीय सुधार भएको पाइएको थियो।

nic asia capital

– स्तन क्यान्सरबाट बचाउँछ ओखरले मुटु, मस्तिष्कलाई स्वस्थ राख्ने मात्र नभई क्यान्सर जस्तो प्राणघातक रोगबाट पनि बचाउँछ। ओखरको सेवनले स्तन क्यान्सरको जोखिम कम गर्ने विभिन्न अध्ययनले देखाएको छ।

– मोटोपनाको जोखिमलाई कम गर्दछ ओखरको सेवनले तौललाई नियन्त्रित राख्न मद्दत गर्दछ। डायबिटिज ओबिसिटी एण्ड मेटाबोलीजममा प्रकाशित एक जर्नल अनुसार ओखरको सेवनले भोकलाई कम गर्न मद्दत गरेको पाइएको उल्लेख छ। भोकलाई कम गर्ने भएकाले ओखरको सेवनले मोटोपनाको जोखिमबाट बचाउन समेत मद्दत गर्ने जर्नलमा उल्लेख छ।

यो समाचार शेयर गर्नुहोस्
537SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?