National life

देउसी भैलोमा भट्ट्याइने बलिराजा को हुन ? एक इतिहास

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ कात्तिक २०८१, शनिबार
994Shares
देउसी भैलोमा भट्ट्याइने बलिराजा को हुन ? एक इतिहास
ncell

काठमाडौँ । देउसी भैलो गीतमा सबैभन्दा दोहोरिने एउटा पङ्क्ति छ । ुुहामी त्यसै आएका होइनौँ, बलि राजाले पठाएका ’ भन्ने पङ्क्ति । तर देउसीमा वर्णित बलिराजा को हुन् भन्नेतिर मान्छेहरू खासै चासो राख्दैनन् । राख्न चाहे पनि खास चित्तबुझ्दो उत्तर पाइँदैन । नयाँ पुस्ताको निमिक्त यो चासो र जिज्ञासाको विषय हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हिन्दु मिथकका अनुसार राजा बलि र मगर राजा बलिहाङ यो गीतका पात्र हुन् कि भन्ने अनुमान गरिएको पाइन्छ ।  जुम्लामा भने खस राज्यकालका जुम्ली राजा बलिराज कल्याल शाहीले देउसी भैलो खेल्ने परम्परा सुरु गरेको मान्यता अझै पनि पाइन्छ।

१४औं शताब्दीको अन्त्यतिर सन् १३९८ आसपास बलिराज जुम्लाका राजा बनेका थिए । यिनकै शासनकालमा जुम्लाको खस राज्यले एक कुख्यात मुसलमान लडाकूको फौजसँग सामना गर्‍यो । यसै युद्धपछि जनताबाट कर उठाउन बलिराजले देउसी भैलो खेल्न लगाएको केही इतिहासविद्हरूको धारणा छ ।

अर्कोतर्फ हिरण्यकशिपुका पनाति, प्रह्लादका नाति र विरोचनका पुत्र हुन्, बलिराजा । यिनी अत्यन्तै दानवीर, ज्ञानी र परोपकारी असुर राजा थिए । हिन्दु वाङ्मयमा यिनलाई दैत्यराज भनी उल्लेख गरेको पाइन्छ । आफ्ना सैनिक तथा जनताले यिनलाई ‘स्वर्गको समेत राजा हुन सक्नुहुन्छ’ भन्ने सल्लाह दिए । सोहीअनुसार, बलिराजाले देवतासँग युद्ध गरे, जसलाई देवासुर सङ्ग्राम भनिन्छ ।

यस युद्धमा देवताको हार भयो । स्वर्गका राजा इन्द्र आफ्नो राजगद्दी त्यागेर भागे । देवताहरू हारगुहार गर्दै विष्णुकहाँ सहयोग माग्न पुगे । विष्णुलाई ठूलो समस्या प¥यो, किनभने हिरण्यकशिपु मात्र होइन, उनका पनाति बलि पनि विष्णुभक्त थिए । त्यसैले उनले छलकपट गरेर देवतालाई बचाउने प्रयत्न गरे । बलिराजाले स्वर्गमा अश्वमेध यज्ञ गरिसकेका बेला वामन रूपमा ब्राह्मण भेषधारी विष्णु उपस्थित भए । वामनलाई देखेर बलिराजाले विनम्रतापूर्वक स्वागत गर्दै आफूकहाँ आउनुको कारण सोधे ।

nic asia capital

यस्तो आग्रह सुनेर वामनले आफूलाई तीन पाउ जमिन चाहिएकाले माग्न आएको खुलासा गरे । दानवीर बलिराजाले सहजै स्वीकार गरे । अन्ततः विष्णुले विशाल रूप धारण गरेर एक पाउले पृथ्वी र अर्को पाउले आकाश ढाकिदिए । बाँकी एक पाउ दानका लागि राजा बलिले आफ्नो शिर दिए । दुई पाउलाई ठाउँ पुग्यो, अब अर्को पाउका लागि ‘देऊ शिर’ भन्दै शिर मागेको हुँदा ‘देऊ शिर’बाट देउसिरे भएको हो । बलिराजाको शिर पातालमा धसिएका थिए ।

त्यसपछि पाताल भासिएका बलिराजाले विष्णुलाई म मत्र्यलोक जान चाहन्छु भनी माग गरे । विष्णुले यमपञ्चकको पाँच दिन उनलाई मत्र्यलोक आउन पाउने अनुमति दिए । उनी मत्र्यलोक आउने भनेपछि पाँच दिन मत्र्यलोक गरिब छैन भनी झकिझकाउ बनाउँदै नाचगान गरी यसरी देउसी–भैलो सुरु भएको हो भन्ने किंवदन्ती पाइन्छ । अर्को जुम्ली इतिहासतर्फबाट हेर्दा खस राज्यको पतन भएपछि कल्यालवंशी शासनको सुरुवात यिनै बलिराजाले गरेका थिए । उनले संयुक्त र एकल गरी वि.सं. १४५५ देखि वि.सं. १५०२ सम्म शासन सञ्चालन गरेका थिए । उनको पूरा नाम बलिराज रावल हो । उनले वि.सं.१४५५ मा बडेराजा मलय बर्माका छोरा मेदिनी बर्मासँग मिलेर जुम्लामा संयुक्त शासन सञ्चालन गरेका थिए ।

पछि बलिराज रावलले एक्लै शासन गरेका थिए भने उनीपछि राजा वत्स ९वक्षराज शाही०, विशेषराज शाही, विजयराज, विशेषराज, मणिराज, सिलिम शाही, बहादुर शाही, वीरभद्र शाही, सुदर्शन शाही, सूर्यमान शाही, पृथ्वीनारायण शाही, नरनारायण शाही, नरेन्द्रबहादुर शाह, धीरेन्द्रबहादुर शाह आदिले जुम्ला राज्यको शासन सञ्चालन गरेका थिए ।

अन्त्यमा सबै फौज मारिंदा एक्लो वत्सराज खडा रहे । ‘मर्नु भन्दा अगाडि तँलाई के चाहिन्छ रु’ भनेर सोध्दा ‘मलाई तरबार पक्रेर मुसलमानको सबभन्दा बहादुर नेतासँग युद्ध गरेर मर्नु छ । जसरी म भुईँमा छु त्यसरी ऊ पनि भुईँमा ओर्लियोस् र मलाई मारोस् । एक्लैले सक्दैन भने दश जना आए पनि हुन्छ’ भनेर भने।

यसो भनेपछि आक्रमणकारी छक्क पर्‍यो । कस्तो बहादुर रहेछ भनेर ओर्लेर अंकमाल गरेर मीत लगायो । र मीतज्यूलाई घर फर्किनका लागि बाटो खर्च जुटाउन बलिराजले आफ्नो राज्यभर चन्दा उठाउन पठाए।” बलिराजबारे कर्णालीमा धेरै किंवदन्ती सुनिन्छ, तर उनको यो युद्धको किस्सा भने नेपाली इतिहासका दस्ताबेजमा भेटिँदैन । ‘

अर्कोतर्फ आफ्नै छोराछोरी वा पैसा हुनेले गरिबका छोराछोरी किनेर मन्दिरमा बलि दिने गरिन्थ्यो । पछि भने बलिको सट्टा ती बालबालिकालाई मन्दिरमा त्यत्तिकै छाड्ने गरिन्थ्यो । बलिराजाले ती देवदासीलाई लक्ष्मीपूजाको दिनदेखि भिक्षा माग्न घर–घर जान अनुमति दिएका थिए । त्यस्तै, सबै जनतालाई भिक्षा दिन उर्दी गरेका थिए । ती देवदासीले विशेषतः औँसीको दिन भैली खेल्ने गर्दथे । भैलीको अर्थ भलो होस् भन्ने हो । उनीहरूले आफू आएको जानकारी दिने क्रममा ‘देवदासी’ भन्दाभन्दै त्यसैको अपभ्रंश भई ‘देउसिरे’ भएको हो भन्ने भनाइ पनि देखिन्छ ।

अर्को भनाइ अनुसार, जुम्ली राजा बलिराजाकै पालामा भारततिरबाट प्रवेश गरेको मुसलमान लडाकुको फौजसँग युद्ध गर्नुपरेका कारण राज्य आर्थिक रूपमा कमजोर हुन पुग्यो । त्यसैले जनताबाट कर उठाएर राज्यको आर्थिक स्थिति मजबुत बनाउन बलिराजले देउसी–भैलो खेल्न लगाएर आर्थिक संकलन गरेको हुँदा त्यही समयदेखि देउसी–भैली सुरु भएको हो भन्ने भनाइ समेत भेटिन्छ ।  यद्यपि  बलिराको विषय एउटै परिभाषा बन्न सकेको छैन् । उनको चर्चा र योगदान इतिहासविद्ले फरक फरक ढङ्गले गरेको पाइन्छ ।

यो समाचार शेयर गर्नुहोस्
994SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?