आर्थिक वर्ष २०८1/८2 को विनियोजन विधेयक माथिको छलफलमा राष्ट्रिय सभामा माननीय सांसदहरूले व्यक्त गर्नुभएको प्रश्न/ जिज्ञाशा र जवाफः
विगत वर्षमा गरिएका आर्थिक सुधारका उपलब्धिलाई संस्थागत गर्ने, बदलिँदो विश्व अर्थव्यवस्था र मुलुकको वस्तुगत आवश्यकतालाई दृष्टिगत गरी उत्पादन र रोजगारीका अवसर सिर्जना गर्दै देशको अर्थतन्त्रलाई सबल र उत्थानशील बनाउने उद्देश्यको कार्यदिशा स्पष्ट गरी आगामी आर्थिक वर्ष 2081/82 का लागि विभिन्न पाँच उद्देश्य, पाँच प्राथमिकता, पाँच रणनीति र पाँच रूपान्तरणकारी क्षेत्र पहिचान गरी सोको कार्यान्वयनबाट बजेटले लिएको लक्ष्य हाँसिल हुने विश्वास लिएको छु।
माननीयज्यूहरूले राख्नु भएका मुख्य मुख्य जिज्ञासा/ प्रश्नहरूः
- बजेटले संविधान र नीति तथा कार्यक्रमलाई संवोधन नगरिएको साथै मुख्य रुपमा संघीयताको सबलीकरणमा जोड नदिएको,
- बजेट तर्जुमा गर्दा नेपालको संविधान, सोह्रौं योजनाको सोच, गणतन्त्रको डेढ दशकको उपलब्धिको समीक्षा र विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा माननीय सदस्यहरूबाट व्यक्त भएको रचनात्मक सुझाव, नेपाल सरकारको नीति तथा कार्यक्रम एवम् नेपाल सरकारले अन्तर्राष्ट्रिय जगतमा व्यक्त गरेको प्रतिवद्धतालाई प्रमुख आधारको रूपमा ग्रहण गरी बजेट तर्जुमा गरिएको हो।
| सि.न | मा.सभा सदस्यहरु | व्यक्त विचार/प्रश्न | दिनुपर्ने जवाफहरु |
| 1. | मा. पदम बहादुर परियार | · शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको ब.शि.न 21142 मा पदाधिकारी तथा अन्य सुविधाहरु सम्बन्धमा भएको बजेट घटाएर रु.1 गराउनुपर्ने यस्तै प्रकृतिका खर्च अन्य विभिन्न शिर्षकमा समेत राखिएकोले · शिक्षा मन्त्रालयको बजेट आ.व 2080/81 मा 11.27 प्रतिशत रहेकोमा यस वर्ष घटेर 10.95 प्रतिशत पुगेको किन · बेरुजु फर्छयौट गर्न छुट्टै बजेट शिर्षक नम्बर मा किन बजेट छुट्याईएको यो त नियमित कार्य होला नि · शिक्षाको गुणस्तर सुधारको ठोस कार्यक्रम नरहेको | |
| 2. | मा. आनन्द प्रसाद ढुँगाना | · कृषि क्षेत्रको बजेटमा 1 अर्ब कटौती किन ? कसरी हुन्छ सफल कृषिमा लगानी दशक · कृषिको व्यवसायिकरण नभएसम्म गरिबी निवारण नहुने · बैदेशिक रोजगारीको विकल्प कृषि क्षेत्रको विकास हुनुपर्ने(Agro Based Industry ) · मल, बिउ र सिंचाईको अभाव · बजेटको असमान विनियोजन
| |
| 3. | मा. झक्कु प्रसाद सुवेदी | · बाध्यात्मक बैदेशिक रोजगारीमा जाने युवालाई अभिमुखीकरण कार्यक्रम सञ्चालन र प्रभावकारी हुनुपर्ने यसको लागि बजेटको उचित विनियोजन नभएको · कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सिंचाई मन्त्रालय पनि जोडिनुपर्ने · कृषि उत्पादन र उत्पादकत्व बढाउन माटोको अल्मीयपन घटाउनुपर्ने तर यसका लागि प्रांगरिक खेतीमा ध्यान दिनुपर्ने · गुणस्तरीय शिक्षाको लागि शिक्षकलाई तालिमको आवश्यकता छ र यसका लागि बजेट नछुट्याईएको · शिक्षामा विभिन्न कार्यक्रम छन तर त्यसका लागि बजेट छैन । | |
| 4. | मा. भगवती न्यौपाने | · 20 प्रतिशत बजेट शिक्षामा छुट्याउने भनिएकोमा 10 प्रतिशत मात्र किन । गुणस्तरीय शिक्षामा ध्यान नदिई कसरी मानव पुँजी निर्माण · SEE परीक्षाको नतिजाले हाम्रो शिक्षा नीतिमा सोच्नुपर्ने · कानुन निर्माणमा किन ढिलाई | |
| 5. | मा. मोहम्मद खालिद | · सधै नै मन्त्री र वहांका आसेपासेको क्षेत्रमा बढी बजेट केन्द्रित हुने गरेको/ असन्तुलित बजेट विनियोजन | |
| 6. | मा. बामदेव गौतम | · बिप्रेषणको रकम उत्पादनमुलक क्षेत्रमा खर्च गर्न नसकिएको आयातित उपभोग्य वस्तुमा खर्चमा हुने गरेको · कृषि भुमिको राष्ट्रियकरण गरिनुपर्ने · प्रत्येक पालिका केन्द्रमा बजार विस्तार हुनुपर्ने · आन्तरिक उत्पादन बढाउने नीतिमा जोड दिनुपर्ने | |
| 7. | मा. गोपी बहादुर सार्की अछामे | · बजेटले संविधान र नीति तथा कार्यक्रमलाई संवोधन नगरिएको मुख्य रुपमा संघीयताको सबलीकरणमा जोड नदिएको · टि आर सी विल जाडो टुंग्याउनुपर्ने · कृषिको व्यवसायिकरण र औद्योगिकरणकरण बाट कृषिको विकास हुने तर कृषि मन्त्रालयको बजेट घटाईएको · बौद्धिक जनशक्तिको विकास गर्न ध्यान दिनुपर्ने | |
| 8. | मा. सुमित्रा बि.सी | · कुनै पालिकामा 12 लाखको बजेट कुनै पालिकामा शुन्य किन · शिक्षामा आएका कार्यक्रममा पर्याप्त बजेट नभएको · संघीयतासंग सम्बन्धित नयाँ कानुन निर्माण, पुराना कानुन संशोधनमा ढिलाई किन | |
| 9. | मा. मनरुपा शर्मा | · बाँझो जमिन व्यवस्थापनको समस्या/ कृषिमा जनशक्तिको अभाव · शिक्षा र कृषिमा भएको लगानी परिमाणमुखी नभएको · बैदेशिक शिक्षामा जाने विधार्थी र बैदेशिक रोजगारीमा जाने युवालाई देशमा नै रोक्न सकिने गरी नीति तथा कार्यक्रम आउनुपर्ने | |
| 10. | मा. विष्णुबहादुर विश्वकर्मा | · नोक्सानीमा गएका संस्थानको पुर्न संरचना गर्नुपर्ने · वित्तिय हस्तान्तरणमा कर्णाली प्रदेशमा अन्य प्रदेश भन्दा बढी बजेट विनियोजन / समन्यायिक भएन · सामुदायि विद्यालयको शिक्षाको गुणस्तर घट्दै गएको निजी क्षेत्रको शिक्षा फस्टाउदै गएको शिक्षामा बढ्दो खाडल | |
| 11. | मा. राधेश्याम पासवान | · Medical विद्यार्थीको अध्ययन गराउने संख्या कम रहेको · कृषिमा मलखाद र सिंचाई सुविधाको अभाव · श्रम स्वीकृति गर्दा नेपालीले पाउने तलव र अन्य सुविधा अन्य मुलुक सरह हुने गरी हुनुपर्ने/ गरिने असमान व्यवहारमा श्रम मन्त्रालयले पहल गर्नु पर्ने | |
| 12. | मा. जित जंग बस्नेत | · कृषिमा बजेट किन घटाईएको · कृषकलाई समयमा मलखाल नहुने, कृषि उपजको बजार सुनिश्चितता छैन | |
| 13. | मा. माया प्रसाद शर्मा | · आत्मनिर्भर अर्थतन्त्र निर्माण हुने गरी बजेट विनियोजन र कार्यान्वयन हुनुपर्ने
|






































