काठमाडौं । साताको पाँचौ कारोवार दिन आज सेयर वजार परिसुचक (नेप्से) बढेको छ । आज नेप्से परिसुचक ४५.८८ अकंले बढेर २७१५.७१ बिन्दुमा कायम भएको छ ।
आज ३०८ कम्पनीको १ करोड १३ लाख ८६ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५ करोड ६ लाख ५४ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
आज जानकी फाइनान्सको ३६ करोड १५ लाख बढीको कारोबार भयो । रिभर फल्स पावरको पनि आज २० करोड २५ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको ११ करोड ८१ लाख,जोशी हाईड्रोपावरको ९ करोड ८५ लाख र एचआईडीसीएलको ८ करोड १३ लाख बढीको सेयर कारोबार भयो ।
आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज न्याली हाईड्रोपावर र कुथेली बुखरी स्मल हाईड्रोको सेयरमूल्य करिब १० प्रतिशतले बढ्यो ।
यस्तै नारायणी डेभलपमेन्ट बैंकको ८.८१ प्रतिशत,माथिल्लो मैलुङखोलाको ८.५१ र राप्ती हाईड्रोको सेयरमूल्य ७।.१६ प्रतिशतले बढ्यो ।
आज खानीखोला हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ९.९९ प्रतिशतले घट्यो । जोशी हाईड्रोको पनि आज ८.२२ प्रतिशत र महिला लघुवित्तको सेयरमूल्य ६.२७ प्रतिशतले घट्यो ।
यस्तै आज विकास बैंक समूह १.६३ प्रतिशत, फाइनान्स १.८३ प्रतिशत, होटल १.०५, हाईड्रोपावर १.९६, लगानी ०.७९, जीवन बीमा १.०७,उत्पादन तथा प्रशोधन ०.६०,लघुवित्त ०.४२,निर्जीवन बीमा १.०३,अन्य ०.५७ र व्यापार समूह १.५६ प्रतिशतले बढ्यो । आज म्युचुअल फण्ड समूह ०.३४ प्रतिशतले घट्यो ।



































