National life

आजदेखि सर्वोच्च अदालत बन्द, प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ असोज २०८१, बिहिबार
483Shares
आजदेखि सर्वोच्च अदालत बन्द, प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने
ncell

काठमाडौँ । दसैँ पर्वका अवसरमा सर्वोच्च अदालत आजदेखि बिदा हुने भएको छ ।  यद्यपि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा भने नियमित सुनुवाइ हुने अदालतको जानकारी छ ।

उक्त निवेदन सुनुवाइका लागि बिदाको समयमा बिहान ११ बजेदेखि ३ बजेसम्म खुला हुने सर्वोच्च अदालतले जनाएको छ। सर्वोच्च अदालतको प्रशासनले जारी गरेको सूचना अनुसार घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अदालत बन्द रहने भए पनि बन्दी प्रत्यक्षीकरणको को रिट निवेदनमा सुनुवाइका लागि अदालत खुला रहने उल्लेख छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिअन्तर्गत घटस्थापना, शनिवार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने सूचनामा उल्लेख गरिएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
483SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?