National life

नयाँ स्टक एक्सचेन्जको लाईसेन्स रोक्न माग गरिएको रिटमा आज सुनुवाई हुँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ माघ २०८१, बुधबार
425Shares
नयाँ स्टक एक्सचेन्जको लाईसेन्स रोक्न माग गरिएको रिटमा आज सुनुवाई हुँदै
ncell

काठमाडौँ । स्टक एक्सचेन्जको नयाँ लाइसेन्स वितरण रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटमा आज बुधवार सुनुवाइ हुँदै छ। संवैधानिक इजलासमा आज उक्त रिटको पेशी तोकिएको हो।

प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत, तथा न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुँडाल सम्मिलित संवैधानिक इजलासमा उक्त मुद्दाको पेश तोकिएको हो।

अधिवक्ता कृष्ण बहादुर थापाले गत पुस २३ गते नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। उनले जुन निर्देशिकाको आधारमा नयाँ स्टक एक्सचेन्ज लाइसेन्स दिन लागिएको हो, सो निर्देशिका नै कानुनसम्मत नभएको जिकिर गरेका छन्। इजलासको १४औ नम्बरमा मुद्दाको पेशी तोकिएको कारण सुनुवाइको लागि पालो आउने, नआउने भन्नेमा निश्चित हुन सकेको छैन ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिनको लागि ‘धितोपत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्न बोर्डबाट सिफारिस प्रदान गर्ने सम्बन्धी निर्देशिका, २०७९’ जारी गरेको थियो। अधिवक्ता थापाले भने सो निर्देशिका मूल कानुन र संविधानसँग बाझिएको जिकिर गर्दै निर्देशिका बदर गर्न माग गरेका छन् ।

उनले आफ्नो रिटमा सो निर्देशिका धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ११८ सँग बाझिएको उल्लेख गरेका छन् । साथै   संविधानको धारा १, धारा ४६, धारा १६२ समेतका संवैधानिक प्रावधान र त्यसमा अन्तर निहित सिद्धान्तहरुसंग बाझिएको उनको जिकिर छ। यस अघि पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको नियमावली मूल कानुनसँग बाझिएको भन्दै त्यसलाई बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको थियो। सो रिट अदालतले खारेज गरिदिएको थियो।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
425SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?