National life

शैक्षिक कार्यक्रम शीर्षकमा ५ महिनामा बाहिरियो ४७ अर्ब ३४ करोड बढी रकम

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ माघ २०८१, शुक्रबार
408Shares
शैक्षिक कार्यक्रम शीर्षकमा ५ महिनामा बाहिरियो ४७ अर्ब ३४ करोड बढी रकम
ncell

काठमाडौँ । चालु आर्थिक वर्षको पाँच महिनामा नेपाली विद्यार्थीले विभिन्न देशमा शैक्षिक कार्यक्रमका लागि मात्रै ४७ अर्ब ३४ करोड खर्चिएका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक विवरण अनुसार भ्रमण व्यय १२ दशमलव दुई प्रतिशतले वृद्धि भई ८५ अर्ब एक करोड पुगेको छ । त्यसमध्ये शिक्षातर्फको व्यय ४७ अर्ब ४१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ७५ अर्ब ७३ करोड रहेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

देशभित्रै सुविधा सम्पन्न शैक्षिक संस्थानहरू सञ्चालनमा रहेको भए पनि विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको सङ्ख्या बढ्दो मात्रामा देखिएको छ । गएको मङ्सिर मसान्तसम्म खुद सेवा आय ४० अर्ब ७१ करोडले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २६ अर्ब ५५ करोडले घाटामा रहेको थियो ।

त्यस्तै,सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय तीन दशमलव एक प्रतिशतले वृद्धि भई ३५ अर्ब १९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३४ अर्ब १२ करोड रहेको तथ्यांकमा देखिएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
408SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?